दफा २९
भन्सार महसुल छुट
(१) विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले पैठारी गर्ने मालवस्तुमा प्राधिकरणको सिफारिसमा देहाय बमोजिम भन्सार महसुल तथा अन्य सुविधा प्रदान गरिनेछः-
(क) निकासी गर्ने वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमा नै बिक्री गर्ने भएमा त्यस्तो मालवस्तु उत्पादन गर्न आवश्यक कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ (प्याकिंग सामग्री समेत) पैठारी गर्दा लाग्ने भन्सार महसुल र अन्य महसुल बापत बैंक जमानत लिई पैठारी गर्न,
(ख) उद्योगलाई आवश्यक पर्ने प्लान्ट, मेशिनरी यन्त्र उपकरण तथा पार्टपूर्जा पैठारी गर्दा लाग्ने महसुल बैंक जमानत लिई पैठारी गर्न,
(ग) खण्ड (ख) बमोजिम पैठारी गरिएका प्लान्ट, मेशिनरी यन्त्र उपकरण तथा पार्टपूर्जा सम्बन्धित उद्योगमा जडान भएको व्यहोरा प्राधिकरणबाट प्रमाणित भर्इ आएमा खण्ड (ख) बमोजिम लिएको बैंक जमानत फुकुवा दिने,
(घ) उद्योगले आफ्ना मजदुर तथा कर्मचारी ओसार्नका लागि प्रयोग गर्न पैठारी गर्ने एक थान सवारी साधन र मालवस्तु ढुवानी गर्ने ढुवानी साधनमा एक प्रतिशत भन्सार महसुल लाग्ने।
(२) कुनै पैठारीकर्ताले पैठारी गरेको मालवस्तु विशेष आर्थिक क्षेत्रमा अवस्थित उद्योगलाई तोकिए बमोजिम बिक्री गरेमा निजले त्यस्तो मालवस्तु पैठारी गर्दा भन्सार महसुल तिरेको रहेछ भने भन्सार कार्यालयले निजलाई त्यस्तो भन्सार महसुल तोकिए बमोजिम फिर्ता दिनेछ ।
(३) विशेष आर्थिक क्षेत्रबाहिर रहेको कुनै उद्योगले उत्पादन गरेको तयारी मालवस्तु विशेष आर्थिक क्षेत्रभित्र अवस्थित उद्योगलाई बिक्री गरेमा सो बिक्रीलाई निर्यात गरे सरह मानी निर्यात गर्दा पाए सरहको भन्सार महसुल तथा अन्य सुविधा प्रदान गरिनेछ ।
(४) विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले भन्सार महसुल छुटमा पैठारी भएका कच्चा पदार्थबाट तयार भएका मालवस्तु सम्बन्धित उद्योगले नेपालमा खपत गर्ने गरी बिक्री गरेमा त्यस्तो मालवस्तुमा प्रयोग भएको कच्चा पदार्थमा लाग्ने महसुल बुझाएपछि मात्र त्यस्तो मालवस्तु विशेष आर्थिक क्षेत्र बाहिर लैजान दिइनेछ ।
(५) विशेष आर्थिक क्षेत्रमा रहेको उद्योगले विशेष आर्थिक क्षेत्रभित्र वा बाहिर कसैलाई महसुल छुटमा आयात गरेको मालवस्तुको स्वामित्व हस्तान्तरण गर्ने सम्बन्धमा प्रक्रिया तोकी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आदेश जारी गर्न सक्नेछ । त्यस्तो आदेशको पालना गर्नु सम्बन्धित उद्योगको कर्तव्य हुनेछ ।